बसले स्कुटरलाई ठक्कर दिँदा गठ्ठाघरमा एक जनाको मृत्यु
नेपाल प्रेस
२०७९ असार २१ गते १७:५७
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ४ ख २२१२ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा ७८ प १०८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका स्कुटर चालक रामेछापको दोरम्बा स्थायी घर भई जडीबुटी बस्दै आएका १८ वर्षीय सिद्धार्थ मगरको उपचार भइरहेको छ भने पछाडि सवार रामेछाप घर भई जडीबुटीस्थित बर्गर हाउसमा काम गर्दै आएकी २४ वर्षीया रेजिना तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर