देशको ढुकुटीभित्र पसेर लुट्ने सरकारलाई जनताले टिपेर मिल्काउनुपर्छः ओली (भिडिओ) – Nepal Press

देशको ढुकुटीभित्र पसेर लुट्ने सरकारलाई जनताले टिपेर मिल्काउनुपर्छः ओली (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको ढुकुटीभित्रै बसेर लुटपाट मच्चाएको आरोप लगाएका छन् । अब यो सरकार स्वीकार गरेर बस्न नसकिने उनले टिप्पणी गरे ।

आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले व्यापारीका प्रतिनिधि ल्याएर उनीहरुले डिक्टेसन गरेका आधारमा करका दर र अन्तशुल्क तय गरिएको बताए ।

ओलीले भने, ‘खुलेआम देशको ढुकुटीभित्रै पसेर लुट्ने यस्तो सरकार विश्वमा अन्यत्र छ ? कमसेकम चोरले पनि झ्याल ढोका फाडेर चोर्छ । यो सरकारले त साँचोले खोेलेरै लुट्यो । हद होइन यो ?’

उनले यो सरकारको काम सकिएको भन्दै अबिलम्ब हट्नुपर्ने बताए । ‘यिनीहरुको ठाउँमा सद्दे मान्छे कोही भए मैन पग्लेझैं पग्लिन्थे । तर यिनीहरु त त्यही अनुहार देखाएर ठ्याङठ्याङ हिँडिरहेका छन् । भाषण गरिरहेका छन् । सरकार हुँ भन्न लाज हुँदैन ?’

उनले यो सरकार मानेर चल्न नसकिने भन्दै आफै नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर