नेपालबाट सिमेन्ट भारत निर्यात हुन थाल्यो, पहिलो चरणमा गयो ३ ट्रक – Nepal Press

नेपालबाट सिमेन्ट भारत निर्यात हुन थाल्यो, पहिलो चरणमा गयो ३ ट्रक

काठमाडौं । नेपालबाट सिमेन्ट विदेश निर्यात हुन थालेको छ । केही वर्षसम्म भारतबाट आयात हुने सिमेन्ट अब नेपालबाट भारत तर्फ नै निर्यात हुन थालेको हो ।

आज पाल्पा सिमेन्टले औपचारिक रूपमा भारतमा सिमेन्ट निकासी गरेको हो । ३ ट्रक सिमेन्ट भारत निर्यात भएको पाल्पा सिमेन्टले बताएको छ । सरकारले नेपालबाट सिमेन्ट निर्यात गर्दा ८ प्रतिशत नगद व्यवस्था गरेको छ ।

नेपालमा करिब १ सयभन्दा धेरै सिमेन्ट उद्योग भएपछि हाल करिब ६० वटा मात्रै सञ्चालनमा रहेका छन् । अब भारत सिमेन्ट निर्यात सुरु भएपछि उद्योगको सञ्चालनमा पनि वृद्धि आउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *