जापानी पूर्वप्रधानमन्त्रीको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय – Nepal Press

जापानी पूर्वप्रधानमन्त्रीको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ ।

गोली प्रहारबाट शुक्रवार निधन भएका जापानी पूर्वप्रधानमन्त्री आवेको निधनमा शनिवार राष्ट्रिय शोक मनाउने निर्णय शुक्रवारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

सरकारले घटना निन्दनीय भएको भन्दै भर्त्सना पनि गरेको छ । नेपालका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र आवेको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर