आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुने सम्भावना छैन: माधव नेपाल (भिडिओ) – Nepal Press

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुने सम्भावना छैन: माधव नेपाल (भिडिओ)

रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन् ।

समाजवादी प्रेस संगठन रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको स्पष्ट पारेका हुन् ।

आफूहरूले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिकिर गर्दै उनले गलत प्रवृत्तिले गर्दा भएको हानी नोक्सानीको सबैले समीक्षा गर्नुपर्ने बताए ।

उनले अहिलेको पाँच दलीय गठबन्धनले मुलुकलाई जोगाउने काम गरेकाले संघ र प्रदेशको निर्वाचनमा पनि सहकार्य जारी रहने धारणा राखे । निर्वाचनको मिति घोषणा भए लगत्तै सही नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए ।

उनले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रबिन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध विस्तार गर्नुपर्ने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *