फेसबुक लाइभमा रूँदै सरिता तिवारीले भनिन् : संगीत स्राेताले यौन दुर्व्यवहार गरेकै हुन्
काठमाडौं । लेखक तथा स्तम्भकार सरिता तिवारीले फेसबुक लाइभमार्फत कवि संगीत श्रोताले यौन दुर्व्यवहार गरेको भन्दै घटना विवरण सुनाएकी छन् ।नेपाल प्रेस मार्फत सार्वजनिक भएको प्रकरणलाई पुष्टि गर्दै उनले दुर्व्यवहारको पुष्टि गरेकी हुन् । साथै उक्त घटनामाथि छलफलका क्रममा संलग्न व्यक्तिहरूको नाम पनि उनले उल्लेख गरेकी छन् ।
उनले आफ्नो कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ को सम्पादनको क्रममा ०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको बताइन् । उक्त दुर्व्यवहारले आफू तनाव र ट्रमामा रहेर यतिन्जेलसम्म झेलेर बसेको बताएकी छन् ।
नेपाल प्रेसमा ६ वर्षअघिको सो घटनाबारे उनले संगीतको प्रतिरोध आन्दोलनका सदस्य मनोज खतिवडा र अनिता पण्डितलाई लिखित उजुरी गरेको तथा केही लेखक अभियन्ताको मध्यस्थतामा सहमति गरिएको समाचार प्रकाशन भएपछि उनी आफैँ फेसबुक लाइभमा आएर आफूमाथि भएको हिंसा सार्वजनिक गरेकी हुन् ।
संगीतले आफूलाई दिदी र आफूले संगीतलाई भाइ भन्ने गरेको भन्दै बितेका यी वर्षहरू आफ्नो लागि निकै पीडादायी भएको बताएकी छन् । सरीताका अनुसार किताबकाे कामले संगीतकाे डेरामा गएर उनी रात बसेकी थिइन् । बिहान ब्यूँजिएपश्चान संगीत आफू सुतिरहेकाे खाटमा संगित आएर छेउमा सुतेकाे उनकाे भनाइ छ । भाइ भनिरहेकाे व्यक्तिले गरेकाे यस्ताे व्यवहारले आफू स्तब्ध बनेकाे उनकाे भनाइ छ । त्यसपछि आफू निस्केर बाहिर गएकाे उनले बताइन् ।
सरीताका अनुसार याे घटनापछि पनि उनकाे संगीतसँग सम्बन्ध सामान्य थियाे । उनले संगीतले आफूलाइ दिदी नै भन्ने गरेकाे उनले बताएकी छन् ।
‘म कतिसम्म मुर्ख भएँ भने उनले फेसबुकमा हालेको फोटोमा लाइक गथेँ । वाउ लेख्थेँ । यति मात्रै होइन मैले मायाप्रेमको गीत गाएर उनलाई पठाएको पनि छु,’ उनले भनिन् ।
उनले प्रगतिशील लेखक संघ तथा सोही वैचारिक अभियानमा रहँदाका कुरा सुनाउँदै उनले आफू स्तम्भ लेखनमा आएपछि वामपन्थी बुद्धिजीवीका दोगलापनबारे उजार गर्ने क्रममा मार्क्सलाई बलात्कारी भनेर लेखे लेखेको सुनाइन् ।
आफूले उक्त लेख लेख्ने बेला धेरै नाम चलेका लेखक तथा बुद्धिजीवीको अनुहार याद आएको भन्दै सबैभन्दा बढी संगीत स्रोतालाई नै सम्झिएको तिवारीले बताइन् ।
जानकारीको लागि धन्यवाद ! आरोपित र आरोपक दुवै जल्दाबल्दा कवि, लेखक हुनुहुन्छ । सकेसम्म घटना सार्वजनिक नगरी भित्रै मिलाएको भए उचित हुन्थ्यो । अब घटना सार्वजनिक भइसकेपछि यसबारे सम्बन्धित निकायले घटनाको छानविन, अनुसन्धान गरि सत्यतथ्य प्रमाण बाहिर ल्याओस् । घटनामा दोषी ठहरिए जोसुकै व्यक्ति भएपनि कानुन बमोजिम कारबाही भोग्न तयार हुनुपर्छ । न्यायको जीत होओस् । दुवै जनालाई हार्दिक शुभकामना !!