नैनसिंह महर भन्छन्- ओली सरकारका गल्ती दोहोर्याउने छुट वर्तमान सरकारलाई छैन
नेपाल प्रेस
२०७९ असार २६ गते ११:५३
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पूर्ववर्ती सरकारले गरेका गल्तीको एक अंश पनि दोहोर्याउने छुट वर्तमान सरकारलाई नरहेको बताएका छन् ।
फेसबुकमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
‘केपी ओलीजी नेतृत्वको तत्कालीन नेकपाको सरकारले गरेका गल्तीहरूको एक अंश पनि दोहोर्याउने छुट वर्तमान सरकारलाई छैन’, उनले लेखेका छन्, ‘किनकि ओली सरकार लोकतान्त्रिक पद्धति, आचरण र व्यवहार तथा संविधानवादविरुद्ध जाँदा कांग्रेसलगायतका दलहरुले जनताको साथ लिएर विस्थापित गर्नुपरेको थियो ।’
प्रतिक्रिया
ओलिले जस्ताे याे देशकाे चाैतर्फि विकास गर्ने वुद्वि कहिले आउला यी दलालहरूलाई ? गठबन्धनकाे नून खान पाएर बढी नबाेल जनताले सुनिरहेका छन् ।