बाबुरामले बोलाए जसपाको विस्तारित बैठक


काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको विस्तारिक बैठक बस्ने भएको छ । काठमाडौंमा असार २८ र २९ गते बैठक बस्ने तय गरिएको हो ।
छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको जसपा नेपालले जनाएको छ । जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अवस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेका छन् ।
बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि तय गर्ने बताइएको छ ।
सहमतिमा फुट्न तयार भएका जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पर्साको वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएपछि संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष काठमाडौंमा विस्तारित बैठक बोलाएको हो ।