सांसद सिलवालको दाबी- गठबन्धनका नेतालाई पैसा उठाउन हतियार खरिद गरिँदैछ (भिडिओ) – Nepal Press

सांसद सिलवालको दाबी- गठबन्धनका नेतालाई पैसा उठाउन हतियार खरिद गरिँदैछ (भिडिओ)

‘बिचौलियाले खडा गरेको फाइलमा सही गराएर निर्दोष प्रहरीलाई फसाइँदैछ’

काठमाडौं । कमिसनका लागि नेपाल प्रहरीलाई आवश्यक नै नपर्ने हतियार किन्न लागिएको भन्दै प्रमुख विपक्षी नेकपा एमालेले विरोध जनाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा पूर्वडीआईजीसमेत रहेका एमाले सांसद नवराज सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न लागिएको बताए ।

सिलवालले प्रहरीलाई अहिले हतियार होइन ब्यारेक र प्रविधि चाहिएको भन्दै गठबन्धनलाई पैसा जम्मा गर्न र बिचौलियाको कमिसनका लागि डलर अभाव भएका बेला हतियारका नाममा भ्रष्टाचार गर्न लागिएको आरोप लगाए । उनले हतियार खरिदका लागि ३ सय प्रतिशतसम्म मूल्य बढाएर कमिसन खान खोजिएको दाबी गरे ।

सिलवालले बिचौलियाले खडा गरेको फाइलमा सही गर्न लगाएर प्रहरी अधिकारीहरुलाई फसाउने र विगतको सुडान घोटाला जस्तै कमिसनखोर र नेताहरु जोगिने र निरीह कर्मचारी फस्ने अवस्था आउनसक्ने बताए ।

उनले हतियार खरिदबारे उच्च प्रहरी अधिकारीलाई जानकारी नदिई बिचौलिया र गठबन्धनका नेता तथा मन्त्रीहरुले भित्रभित्रै सेटिङ गरेको आरोपसमेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर