आईजीपी बढुवाविरुद्धको मुद्दाको पेसी फेरि सर्यो
काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ ।
हिजो सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानून व्यवसायीले पेसी सारिएकोबारे आफूहरूलाई जानकारी नगराएको बताएपछि पेसी सारिएको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।
विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो ।
मुद्दा हाल्ने ब्यक्ति अवकाश हुने समय / भएको दोस्रो दिनमा ‘ निज निवेदक अवकाश भइसकेकोले कुनै निर्णय गरिरहन नपर्ने ‘भन्ने आदेश आएमा अनौठो मान्नु पर्दैन ।