१५ वर्षपछि बढुवा भएका एपीएफका अधिकृतले लगाए डीएसपीको फुली – Nepal Press

१५ वर्षपछि बढुवा भएका एपीएफका अधिकृतले लगाए डीएसपीको फुली

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को डीएसपीमा बढुवा भएका ५७ अधिकृतले सोमबार दर्ज्यान्ही चिन्ह लगाएका छन् ।

बढुवा सिफारिस भएको एक सातापछि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले उनीहरूलाई दर्ज्यान्ही चिन्ह लगाएका हुन् ।

२०६४ सालमा सेवा प्रवेश गरेका उनीहरूको झण्डै १५ वर्षपछि बढुवा भएको हो ।

सशस्त्र प्रहरीमा इन्सपेक्टरबाट डीएसपीमा बढुवा हुन बहालवाला दर्जामा कम्तीमा ४ वर्ष काम गरेको हुनुपर्ने भए पनि सशस्त्र प्रहरीमा सुरूवातमै नेपाल प्रहरी र नेपाली सेनाबाट ल्याएर कर्मचारी पदपूर्ति गरिएकाले बढुवाका लागि लामो समय कुर्नु परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *