संवैधानिक परिषद् विधेयकबारे ओली : मुद्दा फिर्ता लिएर जनतासँग माफी माग्नुपर्छ – Nepal Press

संवैधानिक परिषद् विधेयकबारे ओली : मुद्दा फिर्ता लिएर जनतासँग माफी माग्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनुअघि सरकारले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् ।

सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले सरकारले मुद्दा फिर्ता लिएर जनतासँग सार्वजनिक रूपमा माफी पनि माग्नुपर्ने बताए ।

विधेयक ल्याउँदा आफूहरूसँग सल्लाह नभएको उल्लेख गर्दै ओलीले भने, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदालतमा मुद्दा हलेको छ । यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ । यो भन्दा निर्लज्ज, दुई मुखे दुईजिब्रे अरू के हुन्छ ? यो लज्जास्पद कुरा हो । उहाँहरूले त्यो मुद्दा फिर्ता लिनुपर्छ । हिजो गरेको काममा माफी माग्नुपर्छ । हिजो हामीले जानेनछौँ भनेर नेपाली जनतासँग भन्नुपर्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश र त्यस विरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।


प्रतिक्रिया

One thought on “संवैधानिक परिषद् विधेयकबारे ओली : मुद्दा फिर्ता लिएर जनतासँग माफी माग्नुपर्छ

  1. अरुलाई गल्ती गर्दा जनतासंग माफी माग्न सिकाउने अेाली ले आँफुले गल्ती गर्दा जनतासंग किन माफी मागेनन् त ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर