पुरुष राख्न मिल्ने भए उपाध्यक्ष र उपसभामुख उहिले नियुक्त भइसक्थे : वामदेव गौतम (भिडिओ) – Nepal Press

पुरुष राख्न मिल्ने भए उपाध्यक्ष र उपसभामुख उहिले नियुक्त भइसक्थे : वामदेव गौतम (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसदको ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताएका हुन् ।

संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्थाकै कारण चयनमा ढिलाई भएको दाबी गर्दै गौतमले पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गरे । दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने उनको सुझाव थियो ।

गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहिल लिन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर