एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउबीच के भयो कुराकानी ? (भिडिओ) – Nepal Press

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउबीच के भयो कुराकानी ? (भिडिओ)

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मङ्गलवार भक्तपुरको बालकोटमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको थियो । लिउ जियनचाओले नेपाल चीनको अत्यन्त नजिकको मित्र राष्ट्र भएको र नेपालको विकासको साझेदार रहेको भन्दै यसलाई निरन्तरता दिन चाहेको बताएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले आफूहरू एक चीन नीतिप्रति प्रतिबद्ध बताएका थिए । नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने समेत ओलीले बताएका छन् ।

नेपालले आफ्नो नीति र निर्णय स्वतन्त्र रूपमा गर्ने र चीनले पनि स्वतन्त्र रूपमा आफ्नो नीति बनाउने भएकाले यसअघि जस्तो सम्बन्ध थियो, त्यही रूपमा नै अघि बढ्ने विषयमा सघन कुराकानी भएको भट्टराईले जानकारी दिए ।

नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *