चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ र नेकपा एसका नेताबीच भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एकीकृत समाजवादीका शीर्ष नेतालाई भेटेका छन् ।
नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा दुई पक्षबीच भेटवार्ता भएको हो । सीपीसी नेता लिउसँगको भेटमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष जयन्ती राईलगायतका नेकपा एसका पदाधिकारी सहभागी थिए ।
भेटमा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ ।
दुई दिनअघि काठमाडौं ओर्लिएका लिउले आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटेका थिए ।
त्यस्तै हिजो माओवादी अध्यक्ष प्रचण्ड र आज बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट भइसकेको छ ।
स्वदेश फर्किनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने छन् ।