ब्राउन सुगर सहित हेटौँडाबाट तीन जना पक्राउ – Nepal Press

ब्राउन सुगर सहित हेटौँडाबाट तीन जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार हेटौँडाको छुट्टा छुट्टै स्थानबाट लागु औषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले हेटौँडा १६ हटिया त्रिशुले स्थित धरान चतारा सडक खण्डबाट ३४ वर्षीय विकराज विकलाई ४० मिली ग्रामखैरो हेरोइनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसै गरी, सोमबार जिल्लाबाट खटिएको प्रहरी टोलीले हेटौँडा १० बाट ३७ वर्षीय रञ्जित आले मगरलाई पनि नियन्त्रणमा लिएको छ । निजले लुकाई छिपाई राखेको अवस्थामा खैरो हेरोइन जस्तो देखिने खैरो धुलो पदार्थ ४० मिली ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

यसै गरी, सोमबार नै प्रहरी चौकी हेटौँडा बसपार्कबाट खटिएको प्रहरी टोलीले हेटौँडा १० बसपार्कबाट अर्का एक जनालाई पक्राउ गरेको छ ।

हेटौँडा–२ बस्ने ४८ वर्षीय उज्वलकृष्ण मानन्धरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मानन्धरको साथबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने १०० मिली ग्राम खैरो धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना माथि आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर