मंगलबार राति देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति – Nepal Press

मंगलबार राति देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

रूपन्देही । केही दिनयता देशभित्रै लुकेर बसेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।

बीबीसीका अनुसार उनी मंगलबार सेनाको हेलिकप्टरबाट माल्दिभ्सको राजधानी माले पुगेका हुन् ।

राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् ।

राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् ।

उनी भागेपछि अहिले प्रदर्शनकारी खुसीयाली मनाइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर