एमालेको आरोप- राजीनामा गरेपछि जनार्दनले हतियार खरिदको रकमान्तर गरे (भिडिओ) – Nepal Press

एमालेको आरोप- राजीनामा गरेपछि जनार्दनले हतियार खरिदको रकमान्तर गरे (भिडिओ)

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको विशेष छानबिनमा परेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसदमा राजीनामा घोषणा गरेर मन्त्रालय फर्किएपछि हतियार खरिदका लागि ८४ करोड रूपैयाँ रकमान्तर गरेको भन्दै यसमा प्रधानमन्त्रीको समेत संलग्नता रहेको आशंका गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर पूर्वगृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले प्रहरी वा सुरक्षा निकायको कुनै पनि निकायले नमागेका घातक हतियार खरिदका लागि बजेट रकमान्तर गरिएको भन्दै संसदमा सरकारले स्पष्टीकरण दिनुपर्ने बताए ।

अधिकारीले राजीनामा दिएर गएर हतियार खरिदका लागि रकमान्तर गरिएको भन्दै यसमा प्रधानमन्त्रीले आदेश दिएको हो कि होइन भन्ने प्रश्न गरे । इटलीको बदनाम कम्पनीको हतियार खरिद गर्नका लागि भइरहेको प्रपञ्च करोडौं कमिसनका खेल भएको अधिकारीले बताए ।

अधिकारीले कमिसनका लागि हतियार खरिदको चलखेल भएको समाचार आएपछि प्रहरीलाई प्रधान कार्यालयलाई दबाब दिएर वक्तव्य निकाल्न लगाइएको समेत आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर