घनश्याम भुसालको प्रष्टीकरण- सार्वजनिक पद धारण गरेका व्यक्ति एमालेको विभागमा छैनन्
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले आफू प्रमुख रहेको विभागमा उल्लेखित एम अधिकारी महाप्रसाद अधिकारी नरहेको बताएका छन् ।
विभागको सदस्यमा रहेका खोटाङका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद भनी सत्तापक्षबाट प्रचार भएपछि भुसालले सार्वजनिक रूपमा सो स्पष्टीकरण दिएका हुन् । उनले अधिकारी स्वयंले आफू कुनै पार्टी राजनीतिमा नरहेको र उक्त व्यक्ति आफू नभएको स्पष्ट पारिसकेको भन्दै सार्वजनिक पदमा भएका व्यक्ति एमालेको कमिटी र विभागमा रहने व्यवस्था नरहेको बताएका छन् ।
भुसालले भनेका छन्–
म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ ।
प्रथमत:, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ ।
दोस्रो, हाम्रा कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।
उसोभए तिमि नेतृत्व भएको बिभागको एम अधिकारी को हो त घनश्याम कड ।कतै तिम्रो मनपनि नामजस्तै कालो त छैननी ?
किन कुरा चपाउनु भएको हो कमरेड ।यहाँ प्रश्न चाहिँ तपाईको विभागमा एम अधिकारी भन्ने ब्यक्ति महाप्रसाद हुन कि हैनन् मात्रै जान्न चाहना सर्वसाधारण हामीमा ।