निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर
काठमाडौं । सनराइज बैंक लिमिटेडको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा सम्भावित रोग समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको भक्तपुर शाखा प्रबन्धक नीरज अमात्यले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा वरदायणी आधारभूत विद्यालयको प्राङ्गण, भगवती स्थानमा गरिएको हो ।
असार २३ र २५ गते दुई दिन चलेको उक्त अन्तरक्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा करिब १२० जना स्थानीय महिला सहभागी भएका थिए । सो स्वास्थ्य जाँचपछि निःशुल्क औषधी पनि वितरण गरिएको छ ।
बैले केही समय अगाडि पनि नेपाल मधुमेही समाजसँगको सहकार्यमा काठमाडौंको ओम बहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको थियो ।
बैंकले नारीहरूलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरूप नारी बचत खाता अन्तरगत महिलाहरूलाई ५ लाखसम्मको घातक रोग खर्च दिइरहेको छ ।
महिलाहरूमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरू यस योजनामा समेटिएको छ ।