प्रहरीमा ३६ जना डीएसपी बढुवाका लागि सिफारिस, प्रधानमन्त्रीका पीएसओ पनि परे (सूचीसहित)
नेपाल प्रेस
२०७९ असार २९ गते १६:१७
काठमाडौं । नेपाल प्रहरीका ३६ जना डीएसपी एसपीका लागि बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार ३६ डीएसपीलाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
बढुवा सिफारिस हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवाका पीएसओ कोमल शाह पनि छन् । ६१ सालमा भर्ना भएका प्रहरी निरीक्षकमध्ये सो ब्याचबाट शाह पहिलो नम्बरमा सिफारिस भएका हुन् ।
सोही ब्याचबाट डीएसपी बढुवा हुँदा पहिलो नम्बरमा रहेका अपिल बोहरा र दोस्रोमा रहेका गौतम केसी भने एसपी बढुवा सिफारिसमा छुटेका छन् । डीएसपी बढुवा हुँदा शाह भने २५औं नम्बरमा थिए ।
प्रतिक्रिया