जसपामा कित्ताकाट : उपेन्द्र पक्षको बैठकमा को-को ?
नेपाल प्रेस
२०७९ असार २९ गते १६:४७
काठमाडौं । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाडौं र वीरगञ्जमा छुट्टाछुट्टै समूहको बैठक जारी छ ।
संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ-आफ्नो कित्ताकाट गरेका हुन् ।
भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्रराय यादव र रामनरेश यादव उपस्थित छन् भने यादवले बोलाएको बैठकमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबुराय यादव, मृगेन्द्रकुमार सिंहलगायत छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर