यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्यः विष्णु पौडेल
काठमाडौं । हिपहप गायक यमबुद्धको सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय विवादित बनिरहेका बेला एमालेका एक शीर्ष नेताले यो निर्णयको बचाउ गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलले यमबुद्धको सालिक बनाउने महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका हुन् ।
पौडेलले आज एक ट्विट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने प्रणाली भएको उनको भनाइ छ ।
‘तसर्थ नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ’, उनले लेखेका छन् ।
काठमाडौं महानगरपालिकाको बजेटमा यमबुद्धको सालिक निर्माणका लागि २५ लाख छुट्याएपछि तीव्र विवाद भएको थियो । आलोचनापछि साहले आफ्नै तलबबाट सालिक बनाउने बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ । pic.twitter.com/WsAckJjyCL
— Bishnu Prasad Paudel (@bpaudel1959) July 14, 2022