गाडी र साडी व्यापारीसँग राजनीतिज्ञको साइनो जोडिँदा विज्ञान कमजोर भयो : भुसाल (भिडिओ) – Nepal Press

गाडी र साडी व्यापारीसँग राजनीतिज्ञको साइनो जोडिँदा विज्ञान कमजोर भयो : भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालको राष्ट्रिय पुँजीपति वर्ग वर्गका रूपमा नआएर गाडी र साडीकै व्यापारमा अल्झिएको बताएका छन् । त्यो वर्गले गाडी र साडीकै व्यापारमा फाइदा देख्ने र उनीहरूसँग राजनीतिज्ञको साइनो जोडिने अवस्थाले देशमा विज्ञानको अपेक्षाकृत विकास हुन नसकेको उनले बताए ।

अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

‘हामीकहाँ राष्ट्रिय पुँजीपति वर्ग, वर्गका रूपमा आएकै छैन । ८० प्रतिशत बैंकको ल्यान्डिङ करिब/करिब ३०/३५ वटा व्यापारिक घरानाले व्यापारमा लगाउँछन्,’ उनले भने, ‘तिनले उत्पादन गरेर रोजगारी दिने बाटो सब छोडे । अथवा त्यो टिकाउन सकिएन वा टेकेनन् । गाडी र साडीको व्यापार गर्दाखेरी नै नाफा ठान्यो ।’

अनि त्यो गाडी र साडी व्यापार गर्ने व्यापारी वर्गसँग हाम्रो राजनीतिक नेतृत्वको लगनगाँठोले कसिएको उनले बताए । ‘जसले गर्दाखेरी यहाँको साइन्स, साइन्टिफिक कन्ससनेस सारा कुरा अवरुद्ध भयो,’ उनले भने ।

पुँजीपती र उत्पादनशील हुनुपर्ने त्यो वर्ग र राजनीतिज्ञले फराकिलो सोचमा ध्यान दिन छाडेर नेपालमा वैज्ञानिकहरू अड्याउने नसकिने भुसालले बताए ।

नेताहरूको गाडी र साडीको व्यापारी वर्गसँग साइनो जुट्दा तलका कार्यकर्तामा समेत विज्ञानको चेत मरेको उनको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर