कांग्रेस उपसभापति गुरुङको टिप्पणी- ‘श्रीखण्ड’ भनिएको प्रदेशलाई नेताहरूले ‘खुर्पाको बींड’ बनाउन लागे
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको व्यवहारले प्रदेश संरचना समस्यामा परेको बताएका छन् ।
ट्वीटरमा ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बींड’ भन्ने उखानलाई उल्लेख गर्दै उनले जनताका लागि श्रीखण्ड भनिएको प्रदेश नेताहरूको व्यवहारले खुर्पाको बींड हुनलागेको टिप्पणी गरेका छन् ।
‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड भन्थे हो रहेछ । प्रदेश जनताका लागि श्रीखण्ड नै होस् भन्ने चाहना राखेका थियौं’, उनले लेखेका छन्, ‘तर, हामी नेताहरूकै व्यवहारले प्रदेशहरुलाई खुर्पाकै बींड बनाउन लाग्यौं । मुलुकको दुर्भाग्य !’
“चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड” भन्थे हो रहेछ। “प्रदेश” जनताका लागि श्रीखण्ड नै होस् भन्ने चाहना राखेका थियौं। तर हामी नेताहरुकै ब्यवहारले प्रदेशहरुलाई खुर्पाकै बींड बनाउन लाग्यौं।
मुलुकको दुर्भाग्य!— Dhan Raj Gurung (@dhanrgrg) July 14, 2022