सरकारले भृकुटीमण्डपमा लागेको आगलागीको छानबिन गर्ने (भिडिओ) – Nepal Press

सरकारले भृकुटीमण्डपमा लागेको आगलागीको छानबिन गर्ने (भिडिओ)

काठमाडौं । सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानबिन गर्ने भएको छ ।

बिहीबार आगलागी भएको स्थानको निरीक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने बताइन् ।

गोदाममा बिद्युतको प्रवाह नै नरहेको अवस्थामा नियोजित तवरले आगो लगाइएको हुनसक्ने मन्त्री रेग्मीले आशंका गरिन् । आगलागीबाट करौडौको क्षति भएको र आवश्यक कागजपत्र लगाएतका सामाग्री नष्ट भएको भएको भन्दै संलग्नलाई कारबाही गर्ने उनले आश्वस्त पारिन् ।

बुधबार भएको आगलागीका कारण उक्त गोदाम पूर्णरूपमा जलेर नष्ट भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर