श्रीलंकाका राष्ट्रपति राजापाक्षेको राजीनामा स्वीकृत, नयाँ राष्ट्रपतिको चुनावका लागि संसद् बैठक आह्वान
काठमाडौं । श्रीलंकाको संसदका सभामुख यापा अभयवर्धनले राष्ट्रपति गोटाबाय राजापाक्षेको राजिनामा प्राप्त भएको जानकारी गराउँदै प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको अन्तरिम राष्ट्रपति बन्ने आधिकारिक पुष्टी गरेका छन् ।
रानिलले आज नै सपथ ग्रहण गर्ने प्रबल सम्भावना रहेको छ । श्रीलंकाको संविधान अनुसार अन्तरिम राष्ट्रपति चयन भएको ३० दिनभित्र सदनले बहुमतको आधारमा नयाँ राष्ट्रपति चयन गर्न पर्ने हुन्छ ।
सभामुख यापाले नयाँ राष्ट्रपति चयनका लागि भोलि जुलाई १६ गतेका लागि संसदको बैठक बोलाइएको पनि जानकारी दिएका छन् ।चरम आर्थिक संकटका कारण जारी प्रदर्शनको बीचमा माल्दिभ्स हुँदै सिगांपुर पुगेका राष्ट्रपति गोटाबाया राजपाक्षेले बिहीबार राति इमेल मार्फत सभामुखलाई राजीनामा बुझाएका थिए । ज
समा सभामुख यापाले शुक्रबार सबै कानुनी प्रकृया पुरा गर्ने जानाकारी समेत गराएका थिए । देश भित्रै रहेको अवस्थामा राजीनामा दिदा नयाँ भन्ने सरकारले गोटाबायालाई जेल चलान गर्न सक्ने सम्भावना रहेको कारण उनले देश बाहिर गएर राजीनामा दिएका हुनसक्ने बीबीसीले जनाएको छ ।