धनगढीका मेयरले खारेज गरे आफ्नै भत्ता – Nepal Press

धनगढीका मेयरले खारेज गरे आफ्नै भत्ता

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगर विकास समितिबाट अध्यक्ष र सदस्य सचिवले प्राप्त गर्ने मासिक भत्ता खारेज गराएका छन् ।

नगर विकास समितिको हिजो बसेको वैठकबाट भत्ता खारेज गरिएको हो । समितिबाट अध्यक्षले मासिक १५ हजार र सदस्य सचिवले ६ हजार रुपैयाँ मासिक भत्ता पाउँदै आएका थिए ।

धनगढी उपमहागरपालिकाका मेयर समितिको अध्यक्ष हुन्छन् भने प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने प्रावधान छ । भत्ता खारेज गरेर मेयर हमालले आफ्नै सुविधामा कैंची लगाएका हुन् ।

हमालले गत स्थानीय चुनावमा धनगढीबाट स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरेका थिए । कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई झण्डै दोब्बर मतले उनले हराएका हुन् ।

२०७४ सालको चुनावमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पराजित भएका थिए । विगतमा उनी विवेकशील साझा पार्टीका सुदुरपश्चिम प्रदेश संयोजक थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर