मन्त्री सिंहलाई गृहनगरमा १०१ किलोको मालाले स्वागत – Nepal Press

मन्त्री सिंहलाई गृहनगरमा १०१ किलोको मालाले स्वागत

जनकपुरधाम । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंहलाई गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिका १ मा भव्य स्वागत गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेर पहिलो पटक गृहनगर पुगेका सिंहलाई त्यहाँका मेयर आतेश सिंह यादवले १ सय १ किलोको मालाले स्वागत गरे । मेयर यादव मन्त्रीका सहोदर भतिजा हुन् ।

मन्त्री सिंहको स्वागत गर्न बोदेबर्साइन नगरपालिकाले कार्यक्रमको आयोजना गरेको थियो । स्वागतमा नगरपालिकाले लाखौं खर्च गरेको स्रोतको दावी छ ।

मन्त्री सिंह सप्तरी पुग्ने क्रममा लहानस्थित मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *