महिन्दा र बासिल राजापाक्षेलाई श्रीलंका छाड्न राेक
एजेन्सी । श्रीलंकाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापक्षे र पूर्वअर्थमन्त्री बासिल राजापाक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ ।
बासिल राजापक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।
यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए ।
उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् ।