साउदी अरबकाे भ्रमणमा अमेरिकी राष्ट्रपति बाइडेन, पत्रकार खाशोग्गीको हत्या प्रकरणबारे छलफल – Nepal Press

साउदी अरबकाे भ्रमणमा अमेरिकी राष्ट्रपति बाइडेन, पत्रकार खाशोग्गीको हत्या प्रकरणबारे छलफल

काठमाडौं । साउदी अरबको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबका उच्चपदस्त व्यक्तीहरु तथा राजकुमार मोहोम्मद बिन सलमानसँग पत्रकार जमाल खाशोग्गीको हत्या प्रकरणबारे छलफल गरिएको बताएका छन् ।

‘म र संयुक्त राज्य अमेरिका मानव अधिकारको विषयमा सदैव स्पष्ट रहेको कुरा मैले गरे, बैठकमा मैले जमाल खाशोग्गीको हत्या प्रकरण बारे पनि कुरा उठाए र यस विषयमा मैले पहिला के सोच्थे र अहिले के सोच्छु भन्ने धारणा पनि व्यक्त गरे, मानव अधिकारको मुद्दामा अमेरिकी राष्ट्रपति मौन बस्नु हुँदैन भन्ने मेरो मन्यता हो । ’ बाइडेनलाई उद्यृत गर्दै अलजाजिराले जनाएको छ ।

अमेरिकी गुप्तचर एजेन्सीहरुले पत्रकार जमालको हत्याको पछाडी साउदीका राजकुमार मोहोम्मद बिन सलमानको भूमिका रहेको ठहर गरेको छ यसकारण जो बाइडेनको साउदी भ्रमणलाई लिएर अमेरिकामा बाइडेनको चर्को आलोचना समेत भएको छ ।

अक्टोबर २०१८ मा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा पत्रकार खशोग्गीको हत्याका भएको थियो । सन् २०१९ को राष्ट्रपति चुनावको समयमा बाइडेनले पत्रकारको हत्यामा संलग्न राष्ट्रलाई आफूले बहिष्कार गर्ने घोषणा गरेका थिए ।

बाइडेनको साउदी अरब भ्रमणलाई रियादसँग वाशिंगटनको सम्बन्धलाई पुनर्स्थापित गर्ने प्रयासको रुपमा व्यख्या गरिएको छ । साउदी अरब संसारको सबैभन्दा ठूलो तेल उत्पादक मध्ये एक हो जारी रुस -युक्रेन युद्दको कारण उर्जा क्षेत्रमा देखिएको संकटलाई कम गर्नका निमित्त पनि बाइडेनको यो भ्रमणले अहम भूमिका निर्वाह गर्ने जानाकारवालाहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *