वाम गठबन्धनबारे ओलीको बोली- वामपन्थी हौ भने पहिले कांग्रेसको पुच्छर छाडेर आऊ (भिडिओ) – Nepal Press

वाम गठबन्धनबारे ओलीको बोली- वामपन्थी हौ भने पहिले कांग्रेसको पुच्छर छाडेर आऊ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता र तालमेल चाहनेहरुले कांग्रेसको पुच्छर हुन छाडेर आउँन चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नारायणकाजी श्रेष्ठले ओलीलाई वाम एकताको पहल गर्न आग्रह गरेपछि उनले त्यसका लागि गठबन्धन छाडेर आउँन आग्रह गरे ।

 

ओलीले भने– यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न,गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु । चौंरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउँन अदालतमा मद्दा हाल्न गएको होइन वामपन्थी ? कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसदबाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी ?

ओलीले वामपन्थी हो भने कांग्रेसको पुच्छर बन्न छाडेर आउँन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर