भारतीय राजदूतले भेटे सभामुख
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् ।
भेटमा नेपाल-भारतबीच सदियौंदेखिको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धबारे चर्चा भएको सभामुखको सचिवालयले जनाएको छ । दुवै देशबाट बेलाबेलामा भइरहेको उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो ।
भेटमा कोरोना महामारीको प्रतिकार्यका लागि नेपाललाई भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
राजदूत श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गराए ।
लामो र ऐतिहासिक सम्बन्ध रहेको दुवै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले ‘कनेक्टिभिटी’ लाई अझ विस्तार गर्न सकिनेमा जोड दिएका छन् ।