डिएसपीले वडाअध्यक्षलाई लतारेर स्वीमिङ पुलमा चोबले (भिडियो) – Nepal Press

डिएसपीले वडाअध्यक्षलाई लतारेर स्वीमिङ पुलमा चोबले (भिडियो)

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका  प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्वीमिङ पुलमा चोबलेका छन् । आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई धकेलेर पुलभित्र फालेका हुन् ।

नगरससभा मणिग्राम पार्टी प्यालेसमा आयोजना भएको थियो । नगरपालिकाको बजेट पास गर्ने विषयमा नगर प्रमुखले एमालेका जनप्रतिनिधिलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीलाई लुकाउन लगाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरिरहेका थिए ।

आक्रोशित डिएसीले वडाध्यक्षलाई पानीमा पल्टाएपछि एमालेका अन्य जनप्रतिनिधिले चर्को विरोध गरेका छन् । नगरसभा सुरु भएसँगै मेयरले गणपूरक संख्या नपुगेको भन्दै रोक्न खोजेपछि उपमेयर जागेश्वरी चौधरीसहितका एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरिरहेका छन् ।

आइतबार पनि बजेट पास हुन सकेन भने प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीको योजनामा प्रहरीले वडाध्यक्षमाथि आक्रमण गरेको भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको छ । भिडियोमा डिएपीले लतारेर पौडीपोखरीमा पल्टाएको देखिएपनि प्रहरीले भने अस्वीकार गरेको छ ।

डिएसपी केसीले सामान्य धकेलाधकेल भएको बताए । एमाले प्रदेश सदस्य मोहन चापागाईले गृहमन्त्रीको गृहनगरमा भएको ताण्डवनृत्यले तिलोत्तमावासीलाई आश्चर्यमा पारेका बताएका छन् । ‘प्रशासनको आडमा भएको यो खालको गलत कामले नगरलाई कहाँ पुर्याउँछ, गृहमन्त्रीको आडमा यस्ता दम्भले नगरको विकास गर्दैन, दोषीलाई तत्काल कारबाही गरियोस,’ उनले भने ।


प्रतिक्रिया

3 thoughts on “डिएसपीले वडाअध्यक्षलाई लतारेर स्वीमिङ पुलमा चोबले (भिडियो)

  1. Dsp लाई कारवाही हुनु पर्छ! यस्तो रक्षक को कारण देश बर्बाद हुदै छ

    1. K ko dsp lai karbahi ?kc le kc la samjha yeka hun! 5barse harulai kam garna pathayeko ho ki karauna…..jhagada garna ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *