कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, आज निर्णय सुनाउने – Nepal Press

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, आज निर्णय सुनाउने

काठमाडौं । गत सोमबार देखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आज ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो ।

हिजो बसेको पदाधिकारी बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गरेको बताइएको छ ।

जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारी सम्म सबैले आफ्नो कुरा राखेका थिए । आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने भएकाे छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर