राज्यले हामीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव (भिडिओ) – Nepal Press

राज्यले हामीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरेन : विप्लव (भिडिओ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राज्यले आफ्नो पार्टीसँग गरेको सहमति लागू नगरेको बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टीनिकट अनलाइन जनपत्रिकाको उद्घाटन गर्दै विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरेपनि इमानदारिताका साथ कार्यान्वयन नगरेको गुनासो गरे ।

अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा रहेको भन्दै चन्दले कसैको स्वास्थ्य कमजोर भएको, घाइते भएको, बिरामी भएको, कसैको परिवारमा समस्या रहेको बताए ।

उनले भने, ‘हामी सँगै लडेको हो नि । दुई वर्षमा हामीले नेतृत्व गर्‍यौं । हाम्रा जति पनि कमरेडहरू जेलमा हुनुहुन्छ । त्यसको नेता हामी हो । नेपाल कम्युनिष्ट पार्टी प्रतिरोधको संघर्ष चलाएको थियो र त्यो संघर्षको नेतृत्व हामीले गर्‍यौं । हाम्रा नेताहरूले गरेका हुन् । कैयौँ नेताहरूलाई छोडियो । तर, हाम्रा योद्धा कमरेडहरूलाई, युवाहरूलाई छाडिएको छैन । यो एउटा षड्यन्त्र हो । जनताको अधिकारमाथिको हस्तक्षेप हो । स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’

विप्लवले यस लडाइँमा पनि आफ्ना पत्रकारहरूले लडिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *