आईजीपी नियुक्ति मुद्दा हारेपछि एआईजी पोखरेलले दिए राजीनामा – Nepal Press

आईजीपी नियुक्ति मुद्दा हारेपछि एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौं । आईजीपी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालत गएका एआईजी विश्वराज पोखरेलले मुद्दा हारेपछि पदबाट राजीनामा दिएका छन् ।

अर्को महिना स्वतः अवकाश हुन लागेका पोखरेलले राजीनामा दिएका हुन् ।

उनको राजीनामा प्रहरी प्रधान कार्यालय हुँदै गृहमन्त्रालय गएको छ । यसअघि उनले बिदाका लागि दिएको निवेदन आईजीपी धिरजप्रताप सिंहले अश्वीकृत गरेका थिए । आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी बनाएको भन्दै उनी अदालत गएका थिए ।

तर, मुद्दा हारेसँगै नेपाल प्रहरीको करिब ३० वर्षको करिअरबाट पोखरेलको अपमानजनक बहिर्गमन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *