बाबुरामसँग भेटपछि प्रचण्डले भने- जसपाबाट अलग्गिए पनि उहाँ गठबन्धनमै हुनुहुन्छ (भिडिओ) – Nepal Press

बाबुरामसँग भेटपछि प्रचण्डले भने- जसपाबाट अलग्गिए पनि उहाँ गठबन्धनमै हुनुहुन्छ (भिडिओ)

काठमाडौं । उपेन्द्र यादवले कारबाही गरेपछि जसपबाट अलग दल दर्ताको तयारीमा रहेका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसँग मंगलबार करिब एक घण्टा छलफल गरेका छन् ।

पार्टी पुनर्गठनको तयारीमा रहेका भट्टराईले आफू सत्ता गठबन्धनबाट बाहिर नरहेको जानकारी समेत प्रचण्डलाई गराएका छन् । भट्टराईसँगको वार्तापछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको बताए ।

जसपाबाट अलग भए पनि बाबुरामसँग सहकार्य भने जारी रहने र माओवादी धाराको पुनःएकीकरणको विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रचण्डले कांग्रेसले आगामी चुनावमा गठबन्धन कायम राख्ने निर्णय गरेकोमा खुसी व्यक्त गर्दै आफूहरू पनि गठबन्धनकै पक्षमा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर