आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

मंगलबार ६०औँ इन्जिनियरस् दिवसको अवसरमा नेपाल इन्जिसिनयर्स एशोसिएसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने समेत बताए । उनले राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले पूर्वाधार निर्माणमा देखिएको समस्याहरुलाई समाधान गर्दै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता भएकाले यसमा पनि इन्जिनियरहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

देशको आर्थिक विकासलाई सहयोग पुर्‍याउने गरी आधुनिक पूर्वाधार सुविधाहरूको विकासका लागि सबै पक्षबीच समन्वयन हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिसिनयर्सहरुको समस्या समाधान लागि इन्जिसिनयर्स परिषद्सम्बन्धी विधेयक सदनमा रहेको र यही अधिवेशनले पारित गर्ने बताए ।

कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । यसैगरी बेस्ट इन्नोभेसन अवार्ड इन्जिनियर अनुप खनाललाई प्रदान गरिएको छ । त्यस्तै अन्य इन्जिनियहरुलाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर