समाचारपत्र र हिमालयन टिभीमाथि कारबाही माग गर्दै मेयर बालेन्द्रले दिए प्रेस काउन्सिलमा उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमाथि कारवाही माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।
ती सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको उनको आरोप छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशन/प्रशारण गरेका थिए ।
साहले ती समाचारबाट भ्रम उत्पन्न हुनुका साथै व्यक्तिगत र संस्थागन गरिमामा आँच पुगेको बताएका छन् ।
‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’ उजुरीमा साहले लेखेका छन् ।
यस्तो छ साहको उजुरी पत्रः
अति राम्रो एस्तै गर्नु पर्ने देखिन्छ