प्रभावकारी कार्य सम्पादन गर्न महिला आयोगलाई संसदीय समितिको निर्देशन (भिडिओ) – Nepal Press

प्रभावकारी कार्य सम्पादन गर्न महिला आयोगलाई संसदीय समितिको निर्देशन (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले अपेक्षाअनुसार प्रभावकारी कार्य सम्पादन गर्न महिला आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले आवश्यक समन्वय र सहकार्य गर्न नसकेको कारण आयोगबाट प्रभावकारी कार्य सम्पादन हुन नसकेको भन्दै अपेक्षाअनुसार प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिएको हो ।

पीडित महिलाको अपेक्षाअनुरुप थप संवेदनशील भएर कार्य सम्पादन गर्न बैठकले निर्देशन दिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिइन् ।

आयोगको सम्पर्कमा आएका पीडित महिलाले आवश्यक न्यूनतम सहयोग समेत प्राप्त गर्न नसक्नु दुःखको विषय रहेको समितिको ठहर छ ।

बैठकमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले गत आर्थिक वर्षमा महिलामाथि भएका विभिन्न हिंसाका एक हजार ४६४ घटना दर्ता भएको जानकारी गरेकी थिइन् । उनले आयोगले प्रस्ताव गरेका कार्यक्रम स्वीकृत नहुँदा बजेट नै फ्रीज हुनु दुःखद भएको बताए ।

त्यस्तै, समिति सदस्यहरुले योजनाबद्ध तरिकाले आफ्नो कार्य सम्पादन गर्नतर्फ ध्यान दिन आयोगलाई सुझाव दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *