यूरोपमा कोभिड संक्रमण तेब्बरले बढ्यो : विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठनले ६ हप्ता अघिको तुलनामा हाल यूरोपमा कोभिड संक्रमण तेब्बरले बढेको जनाएको छ । यस्तै गरी संक्रमणको कारण अस्पताल भर्ना हुने संख्या पनि दोब्बरले बढेको छ ।
अस्पताल भर्ना हुने संख्या दोब्बरले बढे पनि धेरै जनालाई आइसीयू मा राखेर उपचार गराउन पर्ने अवस्था भने नरहेको संगठनको भनाई छ ।
विश्व स्वास्थ्य संगठनले मंगलबार जारी गरेको विज्ञप्तीमाका अनुसार युरोपेली क्षेत्रका ५३ देश र एसियासम्म गरी गत हप्ता मात्र ३० लाख कोरोनाभाइरस संक्रमण रिपोर्ट गरिएको छ भने एक हप्तामा ३ हजार भन्दा बढीको मृत्यु भएको छ ।
गत पाँच हप्तादेखि विश्वभरनै कोरोना संक्रमणको दर बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।