चुनावपछि एमालेको सरकार बनाउनुपर्ने छ, देशलाई लयमा फर्काउनुपर्ने छ : ओली (भिडिओ) – Nepal Press

चुनावपछि एमालेको सरकार बनाउनुपर्ने छ, देशलाई लयमा फर्काउनुपर्ने छ : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि एमालेको सरकार निर्माण गर्ने उद्देश्यका साथ कार्यक्षेत्रमा जुट्न पार्टीपंतिलाई निर्देशन दिएका छन् । नेकपा एमालेको सरकारले मात्रै देशको राष्ट्रियतालाई जगेर्ना गर्दै जनतालाई सुशासन दिन सक्ने उनले दाबी गरे ।

वागमती प्रदेशस्तरीय पार्टी प्रशिक्षणमा बोल्दै उनले अहिलेको सरकारले उत्पन्न गरेको दुरावस्थाबाट जनतालाई मुक्ति दिनु आवश्यक रहेको बताए ।

‘श्रीमती अघि सार्ने, सालो अघि सार्ने र पार्टीका नाममा केही व्यक्तिले लुट मच्चाउने काम गरिरहेका छन् । यो अवस्थाबाट मुक्ति दिन जरुरी छ,’ ओलीले भने ।

आफू नेतृत्वको सरकारका पालामा देशले विकास, समृद्धि र लोकतान्त्रिक अभ्यासको लय समातेको उनको भनाइ छ ।

ओलीले थपे, ‘देशले राष्ट्रिय, अन्तर्राष्टिय सफलता हासिल गर्दै एउटा लयका साथ अगाडि बढेको थियो । त्यो लयलाई फेरि प्राप्त गर्न नेकपा एमालेको सरकार निर्माण गर्नुपर्छ । यो उद्देश्य प्राप्त गर्नेगरी हामी अगाडि बढौं ।’

अहिलेको सरकारका खराब कामहरूविरुद्ध संघर्ष गर्दै चुनावी तयारी गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

‘अब मंसिरमा चुनाव गर्नबाट तलमाथि हुन दिनु हुँदैन । योबीचमा यो सरकारले दैनन्दिन गरेका भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्नेछ । राष्ट्रियता, लोकतन्त्र, विकास र सुशासनका प्रश्नलाई हल गर्दै बाह्य सम्बन्धलाई पनि सन्तुलत र उपयुक्तरूपमा अगाडि बढाउन लागि एमालेको सरकार गठन गर्न सक्नुपर्छ । यी सामान्य उद्देश्य छैनन् । यी उद्देश्य प्राप्त गर्नेगरी हामी अगाडि बढ्नुपर्ने छ । नेकपा एमालेको सरकार गठन गर्नुपर्नेछ ।’

ओलीले स्थानीय चुनावमा आफ्नै कारणले सोचेजस्तो परिणाम नआएको भन्दै आगामी चुनावमा त्यो अवस्था दोहोर्‍याउन नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर