भीम रावलले रोष्ट्रम नछाडेपछि सदन १५ मिनेटलाई स्थगित (भिडिओ) – Nepal Press

भीम रावलले रोष्ट्रम नछाडेपछि सदन १५ मिनेटलाई स्थगित (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।

प्रतिनिधिसभाको वुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो ।

बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटक पटक बस्न अनुरोध गर्दा पनि रावलले भने रुलिङ नभएसम्म रोष्ट्रम नछाड्ने अडान राखेका थिए । त्यस क्रममा केही सांसदहरुले नियमापती समेत गरेका थिए । त्यस लगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताएको विषयान्तर नगर्न आग्रह गरे । तर रावलले भने एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहोर्‍याए ।

त्यसपछि सभामुख सापकोटाले केहीबेरका लागि संसद बैठक स्थगित गरेका थिए । १५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभा बैठक भने सहज रुपमा अघि बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *