‘मिसन पूरा गर्न नसकेकोमा क्षमा चाहन्छु, क्रिकेट समर्थकले धैर्य गर्नुपर्छ’ – Nepal Press

‘मिसन पूरा गर्न नसकेकोमा क्षमा चाहन्छु, क्रिकेट समर्थकले धैर्य गर्नुपर्छ’

काठमाडौं । यो मैले मेरो कोचिङ करियरमा लिएको सबैभन्दा गाह्रो निर्णय हो । म केही पनि कुरालाई बिचैमा छोडेर जाने मान्छै होइन म । मैले काम गरेको जुनसुकै ठाउँमा कुनै पनि टिमलाई एउटा विन्दुमा पुर्याएर निकास दिएर छोडेको छु ।

मलाई दुख लागेको छ यो पटक मैले नेपालका लागि त्यो गर्न सकिनँ । सबै क्रिकेट समर्थकलाई म के भन्न चाहन्छु भने, जब मैले डिसेम्बरमा नेपाली क्रिकेटको जिम्मेवारी लिएँ, क्रिकेट संघले मलाई केही कारणले ल्याएको थियो । ६ महिना मैले क्यानमा काम गरेँ । टिममा धेरै कुरा परिवर्तन भएको छ ।

म यस्तो मान्छे हो जसले जे कुरालाई पनि समय दिने गर्छु । यस बिचमा हामीले उत्कृष्ट खेलाडीहरु छनोट गर्यौं । जव म आएँ, यो ६ महिनामा मैले केही महत्वपूर्ण कुराहरुमा परिवर्तन गरेँ ।

अब म गर्वका साथ भन्न सक्छु क्रिकेट संघ र सम्पूर्ण टिमको आशिर्वादले हामीले अमेरिका भ्रमण र स्कटल्यान्डमा युवा टिमसँग राम्रो गर्यौं ।

नामिबियालाई दुवैपटक पराजित गर्ने अवसर थियो हामीमाझ । त्यो नभएपनि यो टिम एकदमै सेट छ । विगतमा टिममा भएको विवाद सबैलाई थाहा छ । तर अहिले सबै कुरा राम्रो छ । सन्दीप कप्तानको रुपमा पनि राम्रो गर्न थालेको छ । उसल टिमलाई सम्पूर्ण तवरमा नेतृत्व गरिरहेको छ ।

क्रिकेटलाई माथि पुगेको हेर्न सम्पूर्ण नेपाली समर्थकमा धैर्यताको जरुरी छ । म विश्वस्त छु कि, अबको ८ देखि १२ महिनामा तपार्इँले नेपाललाई एसोसियट राष्ट्रमा सबैभन्दा उत्कृष्ट देख्नुहुने छ । त्यतिबेलासम्म म नरहेपनि एउटा राम्रो मान्छेले टिमलाई यहाँबाट माथि लानेछ ।

म फेरि पनि भन्दैछु, मैले नेपाली क्रिकेट छोड्नुको मेरो ब्यक्तिगत हो । यो सबै कुरा विस्तृतमा म भन्न सक्दिनँ । यदि मैले अहिले यो निर्णय नलिएको भए अलि समय नेपाली क्रिकेटमा बिताउन सक्थेँ होला, तर मैले निरन्तरता दिन सकिनँ ।

मैले अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण गर्न सन् २००७ देखि थालेको हो । मुख्यतः एसोसियट राष्ट्रमा । तर क्रिकेट संघ नेपालबाट धेरै नै सम्मान पाएँ ।

हामीले राम्रो गर्न नसक्दा समर्थकले आलोचना गुर्न ठिक हो । तर पछिल्लो ६ महिनामा के–के भयो त्यसको साक्षी म छु । क्रिकेट संघले सबै कुरा व्यवस्थापन गर्न र टिमको केही समस्याहरु समाधान गर्न सहयोग गर्यो । मलाई सपोर्ट गरेकोमा संघप्रति आभारी छू ।

संघले जुन मिसन बनाएको छु, त्यसको नतिजा चाँडै आउनेछ । ६ महिनासम्म मलाई विश्वास गर्नुभएका सबैलाई धन्यवाद । मैले आफ्नो पुरै काम गर्न नसकेकोमा क्षमा चाहन्छु । तर, भित्रबाट म खुसी छु । मैले नेपाली क्रिकेटलाई सहि दिशा दिन सके । नेपाल क्रिकेटलाई भविष्यको शुभकामना । पछि नेपाली क्रिकेटले कस्तो गर्नेछ, म याद गरिरहने छु ।

पछिल्लो १०÷१२ वर्षदेखि म नेपाली क्रिकेटसँग छुु । छोडेर जानु त दुखद नै हुन्छ । विषेशगरि यो टिमसँग धेरै समय बिताएको छु । पछिल्लो समय टिममा धेरै समस्या भयो । सबै जनालाई सँगै ल्याउन हामीले धेरै मिहिनेत गर्यौं । उनीहरुले ममाथि धेरै विश्वास राखेका थिए । त्यसैले यो सजिलो पक्कै थिएन, बिचमा छोडेर जान । तर परिस्थिति त्यस्तै भयो ।

पुरै टिम मेरो साथमा थियो । अहिले एउटा परिवार जस्तै भएको छ । पहिला जे भएपनि अहिले टिम एक भएको छ । पहिला टिम युनिटी थिएन, म आएको बेला । मैले पनि एकैपटक सबै परिवर्तन गरेको होइन । मैले सबैलाई परिवर्तन हुन समय दिएँ । हामीले धेरै तलमाथि गरेर यो युवा टिम तयार गर्यौं । अनुसन्धानहरुले अहिले काम नगरे पनि म विश्वस्त छु, यो टिम आगामी वर्षमा उत्कृष्ट टिम बन्नेछ ।

यदि तपाई अमेरिका भ्रमणको कुरा गर्नु हुन्छ भने सबै चार खेलमा राम्रो गरेका थियौं । उच्च स्तरको खेल खेलेका थियौं । स्कटल्यान्डमा चुनौतिपूर्ण स्थिति थियो । खेलाडीहरुले गाह्रो अवस्थामा पनि स्कटल्यान्डलाई हराए । युवा खेलाडीहरुलाई अनुभव नभएर समस्या भएको भने थियो । तर यो टिम अत्यन्तै राम्रो छ । आगामी दिनमा धेरै नै राम्रो नतिजा दिनेछन् ।

बिगतलाई विर्सेर अगाडि बढ्न केही समय लाग्छ । विगतलाई लिएर धेरै नै गलत बुझाइहरु थिए । यसलाई क्लीयर गर्न ६ महिना लाग्यो । हामीले दुवाईमा ५० प्रतिशत, अमेरिकामा ७० प्रतिशत र स्कटल्यान्डबाट फर्कँदा सबै कुरा राम्रो भएको छ । टिममा यूनिटी देख्न पाउँदा धेरै खुसी लागेको छ ।

मलाई थाहा छ, हामीले खेल जित्न नसक्दा समर्थकहरुलाई नराम्रो लागेको छ । तर, थोरै भए पनि यो टिमलाई सपोर्ट गरिदिनुस । योे टिममाथि विश्वास राख्नुस । मलाई विश्वास छ आगामी दिनमा यो टिमले धेरै खुसी दिनेछ ।

(नेपाली राष्ट्रिय क्रिकेट टिमबाट राजीनामा दिएका दासानायेकेले हिजो आयोजित पत्रकार सम्मेलनमा दिएको मन्तव्यमा आधारित)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *