महिला यूरो: रोमान्चक जितसहित इंग्ल्यान्ड सेमिफाइनलमा – Nepal Press

महिला यूरो: रोमान्चक जितसहित इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं ।प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो ।

अब, सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासंग खेल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर