झलनाथको आक्रोशित प्रश्न- अमेरिकालाई पत्र लेख्न कसले रोक्यो ? देशको कार्यकारी अधिकार कहाँ छ ? (भिडिओ) – Nepal Press

झलनाथको आक्रोशित प्रश्न- अमेरिकालाई पत्र लेख्न कसले रोक्यो ? देशको कार्यकारी अधिकार कहाँ छ ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीबारे सरकारले अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगरिएकोमा आपत्ति जनाएका छन् ।

संसदमा विशेष समय लिएर बोल्दै खनालले देशको कार्यकारी अधिकार कहाँ कोसित छ भनेर प्रश्न गरे ।

खनालले एसपीपी सम्झौता नगर्ने भनेर मन्त्रीपरिषदले एक महिना अगाडि नै निर्णय गरेको स्मरण गराए ।

उनले भने, ‘एसपीपी लिन्नौं भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के हो ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि फेरि अरु कसले रोक्न सक्छ यो देशमा ? कि हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?’

यो विषयलाई चाँडोभन्दा चाँडो समाधान गरेर राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्न खनालले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर