जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन- समानुपतिकतर्फ २० लाख मत ल्याउने गरी लाग्नुस् (भिडिओ) – Nepal Press

जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन- समानुपतिकतर्फ २० लाख मत ल्याउने गरी लाग्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कायम राख्दै बाम शक्तिहरूलाई एकताबद्ध गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई कायम राख्दै बाम शक्तिहरूलाई एकता बनाउँदै कम्युनिष्ट आन्दोलनमा जुटेकासँग संवाद गर्दै अगाडि बढ्ने बताए ।

उनले अहिले आफ्नो पार्टीप्रति आकर्षण बढ्दै गएको जिकिर गरे । उनले अबको निर्वाचनमा समानुपातिकतर्फ २० लाख मत भन्दा बढी ल्याउने गरि तयारीमा जुट्न कार्यकर्तालाई पनि निर्देशन दिए ।

उनले प्रत्येक प्रदेशमा पार्टी स्कुलको व्यवस्था गर्ने र पार्टीको विचार र नीतिका बारेमा प्रशिक्षण गर्ने जिकिर गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर