अनेरास्ववियु अध्यक्ष बरालको चेतावनी : एमालेको फोटो दुरुपयोग नगर्नुस्, महंगो पर्ला !
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एमालेकाे तस्वीर दुरुपयाेग नगर्न सत्तारुढ दलका विद्यार्थी सगठनहरुलाइ चेतावनी दिएकी छन् ।
बिहीबार सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै कार्टुन प्रदर्शन गरेको तस्वीरसहित सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष बरालले साे चेतावनी दिएकी हुन् । बरालले आफ्नो पार्टी एमाले र अध्यक्ष केपी शर्मा ओलीको तस्वीर समेत प्रयोग गरेकोमा यस्तो चेतावनी दिएकी हुन् । एमालेको फोटो दुरुपयोग महंगो पर्न सक्ने उनकाे टिप्पणी छ ।
बरालले प्रदर्शनकारीहरुलाई आफ्नै अनुहार हेरेर सडकमा निस्कन पनि सुझाव दिएकी छन् ।
अध्यक्ष बरालले राज्यकै निर्लज्जता भन्दै लेखेकी छन्, ‘ए साथीहरु हो, दोषीलाई कारवाहीको माग गर्नुस् । नेकपा एमालेको फोटोको दुरुपयोग महङ्गो पर्ला है । आफ्नु अनुहार हेरेर निस्कने गर्नुस् सडकमा ।’
लुटेराहरुले भाडामा लगाएका टट्टुहरू हुन बालुवाटार जानेहरू।