समिति बैठकमा पत्रकार र पूर्वअर्थमन्त्रीको जवाफमाथि छलफल, ठोस प्रमाण नभेट्दा अन्योल (भिडिओ) – Nepal Press
जनार्दनमाथि छानबिन

समिति बैठकमा पत्रकार र पूर्वअर्थमन्त्रीको जवाफमाथि छलफल, ठोस प्रमाण नभेट्दा अन्योल (भिडिओ)

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक आज पनि बसेको छ । सुरूको १० दिनको म्याद सकिएपछि हिजोको संसद बैठकले समितिलाई थप ७ दिनको समय दिएको थियो ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा थप गरिएको समयसीमाभित्रै छानबिनका बाँकी काम सक्ने गरी तयारी गर्न छलफल भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार बुधबार र बिहीबार बयान लिइएका पत्रकार र अर्थमन्त्री जनार्दन शर्माको भनाइका बारेमा आजको बैठकमा छलफल भएको थियो ।

‘समितिलाई आगामी दिनमा कसरी व्यवस्थित गर्ने र समयमै कसरी काम सक्ने भन्ने सन्दर्भमा माननीयज्यूहरूले आ-आफ्नो धारणा राख्नुभो । थप छलफल गर्नुपर्ने र आज सदन पनि १ बजे भएकोले समय अपुग भयो । आइतबार थप छलफल गर्नेगरी बैठक बस्नेगरी आजलाई बैठक स्थगित भयो’, अर्यालले भने ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको घुसपैठ गराई करको दायरा हेरफेर गरेको आरोपपछि संसदीय छानबिन समिति बनाइएको थियो ।
अहिलेसम्मको छानबिनबाट ठोस प्रमाण फेला परेको छैन । यथेस्ट प्रमाण फेला नपरेपछि कसरी अघि बढ्ने भन्ने अन्योल भइरहेको एक सदस्यले नेपाल प्रेसलाई बताए ।

अर्थमन्त्रालयले सीसीटीभी फुटेज डिलिट भएको जवाफपछि हार्डडिस्क फरेन्सिक परीक्षणको लागि ल्याबमा पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *